जोडिनुहोस
  • होमपेज
  • जसपापछि दोस्रो तारो हामी बन्यौँ : माधव नेपाल

जसपापछि दोस्रो तारो हामी बन्यौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् ।

आइतबार पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको दाबी गरेका हुन् । उनले एउटा अध्यादेश ल्याएर जसपापछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्‍याएर सिध्याउन खोजिएको दाबी गरे ।

‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्‍याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौँ भने हाम्रो गफले मात्र केही हुनेवाला छैन,’ उनले कुराले चिउरा नबुझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

धेरै टिप्पणी गरिएका