जोडिनुहोस
  • होमपेज
  • इजरायल र प्यालेस्टिनीबीच युद्ध : गाजा क्षेत्रमा मृत्यु हुनेको संख्या ३७ हजार ८४ पुग्याे

इजरायल र प्यालेस्टिनीबीच युद्ध : गाजा क्षेत्रमा मृत्यु हुनेको संख्या ३७ हजार ८४ पुग्याे

प्यालेस्टिनी क्षेत्र । इजरायल र प्यालेस्टिनीबीच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा २७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

गएकाे अक्टोबर ७ मा युद्ध सुरू भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ। रासस/एएफपी

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?