जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ। आज बिहान राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति भवन पुगेका थिए।

भेटमा दुई देशको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्डको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आज बिहान चियापान कार्यक्रम आयोजना गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँदिल्ली गएका थिए।

प्रधानमन्त्रीको साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री प्रचण्ड आजै साँझ स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका