जोडिनुहोस
  • होमपेज
  • दुई प्रहरी अधिकारीलाई कारबाही गर्न सांसद आले मगरको माग

दुई प्रहरी अधिकारीलाई कारबाही गर्न सांसद आले मगरको माग

काठमाडौँ । माओवादी राष्ट्रिय सभाका सांसद सुरेश आले मगरले कास्कीको पोखरामा कार्यरत एसपी मोहन थापा र इन्स्पेक्टर बोदराज रेग्मीलाई कारबाही गर्न माग गरेका छन् ।

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै आले मगरले भ्याटबिल नभएको कारण देखाउँदै बाग्लुङको एक ढुङ्गाखानीलाई कारबाही गरेको भन्दै ती प्रहरी अधिकारीमाथि कारबाही गर्न माग गरेका हुन् ।

‘बागलुङको खानीबाट निकालेर आफ्नो डिपोमा राख्न ल्याएको डुङ्गाको भ्याटबिन छैन भनेर इन्स्पेक्टर रेग्मी र उनलाई सघाउने एसपी थापालाई कारबाही गरियोस्’, आक्रोशित हुँदै आले मगरले भने, ‘खानीले ढुङ्गा उत्पादन गर्‍यो । पोखरा डिपोमा ल्याएर राख्न चाह्यो । किनबेच नभएको ढुङ्गामा कहाँको भ्याटबिल चाहिन्छ ? रेग्मीले भ्याटबिल छैन भनेर कारबाही गर्‍यो । महानगरपालिकामा लगियो । एसपी मोहन थापालाई भन्दाभन्दै पनि १२ हजार जरिवाना तिराइयो । उनीहरूमाथि कारबाही गरियोस् ।’

उनले हुँदै नभएको कुरा उछालेर उद्योगमा बाधा पुर्‍याएको आरोप समेत लगाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका