जोडिनुहोस
  • होमपेज
  • सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब

सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको छ । नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको छ ।

सोमबार बजार बन्द हुँदासम्म ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच भएको छ । आज ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज फ्लोट इन्डेक्स ०.८६ अंकले, सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ अंकले बढेको छ ।सोमबार १३ वटा समूहमध्ये ७ वटा समूहको नेप्से बढेको छ भने ६ वटा समूहको नेप्से घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा १३४.८८ अंकले बढेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ५१.१६ अंकले घटेको छ ।

कुथेली बुखारी साना जलविद्युत, त्रिशूली जलविद्युत, पीपुल्स पावर र मोलुङ जलविद्युतको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

धेरै टिप्पणी गरिएका