जोडिनुहोस
  • होमपेज
  • युक्रेनको विषयमा स्विट्जरल्याण्डमा शान्ति सम्मेलन

युक्रेनको विषयमा स्विट्जरल्याण्डमा शान्ति सम्मेलन

जेनेभा । युक्रेनी मामिलामा स्विट्जरल्याण्डमा शान्ति सम्मेलन हुने भएको छ । सो सम्मेलनमा सहभागिताका लागि अहिलेसम्म ९० देशले सहमति जनाएका छन् ।

लेक लुक्रिनमा भएको जी–७ देशका राष्ट्रप्रमुखको बैठकलगत्तै एक लग्जरी रिसोर्टमा सो सम्मेलन आयोजना गर्ने प्रस्ताव गरिएको छ । यस शान्ति सम्मेलनको प्राथमिकतामा युद्धबन्दी साटासाट, खाद्य सुरक्षा र आणविक सुरक्षा जस्ता विषयमा छलफल रहेको स्विट्जरल्याण्डका विदेशमन्त्रीले बताएका छन् ।

तर यो शान्ति सम्मेलनमा रुसलाई निम्ता गरिएको छैन । यस सम्मेलनमा चीन पनि सहभागी नहुने विश्वास गरिएको छ । यस सम्मेलनको सुरक्षा व्यवस्थाका लागि स्विस सेनाले चार हजार सैनिक परिचालन गर्ने भएको छ ।

धेरै टिप्पणी गरिएका