जोडिनुहोस
  • होमपेज
  • भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी

भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ– आर्थिक वर्ष सन् २०२३–२४ मा भारतमा ७० अर्ब ९० करोड डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा गत वर्षको अक्टोबर महिनामा ६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

त्यसैगरी, यसै वर्षको जनवरी महिनामा ५ अर्ब ९० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । आर्थिक वर्ष २०२३-२४ मा निर्माणको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले बढेको छ ।

सन् २००० अप्रिलदेखि २०२४ मार्चसम्म भारतमा ९ खर्ब ९० अर्ब प्रत्यक्ष लगानी भित्रिएको छ । यो अवधिमा भारतमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी मौरिससबाट भित्रिएको छ । मौरिससबाट प्रत्यक्ष वैदेशिक लगानीको २५ प्रतिशत भित्रिएको जनाइएको छ । त्यसपछि सिंगापुरबाट २४ प्रतिशत भित्रिएको छ ।

अमेरिकाबाट भारतमा १० प्रतिशत, नेदरल्याण्ड्सबाट ७ प्रतिशत र जापानबाट ६ प्रतिशत लगानी भित्रिएको छ ।आर्थिक वर्ष २०२३–२४ मा भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै ३० प्रतिशत लगानी भित्रिएको छ । त्यसपछि कर्णाटक मा २२ प्रतिशत र गुजरातमा १७ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका