जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीलाई शाहीको प्रश्न– देश ठूलो कि जीबी राई ? गिरीबन्धुको फाइल कहिले खोल्ने ?

गृहमन्त्रीलाई शाहीको प्रश्न– देश ठूलो कि जीबी राई ? गिरीबन्धुको फाइल कहिले खोल्ने ?

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘देश ठूलो कि जीबी राई ?’ भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ?’ भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे । उनले ‘मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने ?’ भन्दै थप प्रश्न गरे ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत पुराना दलहरूले देश विकास गर्न नसकेको उनले बताए । पुरानाले सुशासन दिन र काम गर्न नसकेकाले नयाँ दलहरूलाई जनताले जिताएर पठाएको उनको भनाइ थियो ।

उनले भने, “नौ मिनेट, चार मिनेट, दुई मिनेट आकाशमा भए पनि, पातालमा भए पनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । कहिले पक्रिनुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौँ ।”

उनले गिरीबन्धु टी–इस्टेटबारेको सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउन माग गरे । साथै, ‘कतिपटक गृहमन्त्री फेरिँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्ने ?’ भन्दै शाहीले प्रश्न गरे ।

उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटा मुख्यमन्त्रीको हैसियतामा भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा गएको कि देशको प्रधानमन्त्रीको हैसियतमा ?’ भन्दै अर्को प्रश्न गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका