जोडिनुहोस
  • होमपेज
  • महाधिवेशनले पार्टीमा उपयुक्त नेतृत्व दिन्छ, वैचारिक मतभेद छैन : राजेन्द्र पाण्डे

महाधिवेशनले पार्टीमा उपयुक्त नेतृत्व दिन्छ, वैचारिक मतभेद छैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र नेतृत्वका बीचमा वैचारिक मतभेद नभएको दाबी गरेका छन् ।

महाधिवेशनको मुखमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद बढ्दै गइरहेको बेलामा प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीमा वैचारिक मतभेद भएजस्तो नलागेको जिकिर गरे ।

उनले भने, ‘वैचारिक मतभेद पनि भन्ने कुरामात्रै हो । वैचारिक मतभेद भए छुट्टै दस्तावेज बन्थ्यो होला । एउटै दस्तावेज बनेको अनि वैचारिक मतभेद कहाँ भन्ने ? चुनावमा भोट लिने बेलामा दुईजना उम्मेदवार भएपछि यसले भन्दा मैले राम्रो कुरा गरेको छु भनेजस्तो मात्रै हो ।’

उनले महाधिवेशनले पार्टीका लागि उपयुक्त नेतृत्व चयन गरेर पठाउने बताए । उनले थपे, ‘महाधिवेशन पाँच-पाँच वर्षमा हुन्छ यसले नयाँलाई स्थापित गर्न पनि सक्छ । पार्टीको जीवनको महत्वपूर्ण अंग हो । छलफलपछि को उपयुक्त हुन्छ त्यही व्यक्तिलाई महाधिवेशनले नेतृत्व बनाउँछ । सबै प्रतिनिधिले अहिले म उठ्छु भन्न पाउँछ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका