जोडिनुहोस
  • होमपेज
  • अवरोध हुन सक्छ भनेर एक हप्ता अघि नै क्यानडा पुगेका थिए सन्दीप : अध्यक्ष चन्द

अवरोध हुन सक्छ भनेर एक हप्ता अघि नै क्यानडा पुगेका थिए सन्दीप : अध्यक्ष चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने वेस्ट इन्डिज आउन नेपालमा अवरोध हुन सक्छ भनेर एक हप्ताअघि नै सुटुक्क क्यानडा पुगेको जानकारी दिएका छन् । नेपाल ट्युब अस्ट्रेलियासँग कुराकानी गर्दै चन्दले सन्दीप क्यानडामा नै बसेर एक हप्तादेखि अभ्यास गरिरहेको पनि जानकारी दिएका हुन् ।

उनले भने, ‘सन्दीप अफिसियल्ली हिजोमात्र वेस्ट इन्डिज पुगेका हुन् । तर, एक हप्ता अघि नै उनी नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । क्यानडाको टोरन्टोबाट वेस्ट इन्डिजमा हप्ताको एक दिनमात्र फ्लाइट रहेछ । फेरि क्यानले चार्टर्ड फ्याइट गर्ने अवस्था थिएन ।’

उनले भने, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षक पुबुदु दासनायकेले पनि भित्री रूपमा सहयोग गर्नुभयो ।’

उनले अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन कुनै कसर बाँकी नराख्ने भनेर क्यानले प्रयास गरेको खुलाए । यसका लागि पारस खड्का र विनोद दासलाई जिम्मा दिइएको उनको भनाई छ । ‘विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ,’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका