जोडिनुहोस
  • होमपेज
  • कांग्रेस आफ्नै असक्षमताका कारण थङथिलो भयो : उपेन्द्र यादव

कांग्रेस आफ्नै असक्षमताका कारण थङथिलो भयो : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमताका कारण थङथिलो भएको टिप्पणी गरेका छन् ।

जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन पेश गर्दै कांग्रेस बारे कडा टिप्पणी गरेका छन् । राष्ट्रिय महाधिवेशन बन्द सत्रमा अध्यक्ष यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको शासनकालमा कैयौँ भ्रष्टाचारका प्रकरण भएको, पहिचानसहितको संघीयता कार्यान्वयन कांग्रेसकै कारणले हुन नसकेको, आर्थिक उदारीकरणका नाममा उद्योग बेचेको लगायतका आरोप लगाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका