जोडिनुहोस
  • होमपेज
  • रुकुम पश्चिममा साढे २७ हजार परिवारमध्ये साढे १० हजारको लागि मात्रै अस्थायी आवास

रुकुम पश्चिममा साढे २७ हजार परिवारमध्ये साढे १० हजारको लागि मात्रै अस्थायी आवास

भूकम्पमा घर भत्किएका रुकुम पश्चिमका साढे २७ हजार परिवारमध्ये साढे १० हजार परिवारको लागि मात्रै अस्थायी आवास निर्माण सम्पन्न भएको छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले रुकुम पश्चिममा २७ हजार छ सय ८२ वटा घर भत्किएका थिए । भूकम्पले भत्काएका घरमध्ये अहिलेसम्म १० हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । १७ हजार भन्दा धेरै पीडित परिवार दुई महिना बितिसक्दा पनि त्रिपालको चिसोमै बस्न बाध्य छन् । रुकुम पश्चिममा अहिले सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका बढुवालले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन कोषबाट अहिलेसम्म २३ हजार छ सय आठ लाभग्राहीका लागि अस्थायी आवास निर्माण बापतको पहिलो किस्ता रकम पठाइसकेको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार एक सय १५ लाभग्राहीले २५ हजारका दरले पहिलो किस्ता पाएका छन् । लाभग्राहीको विवरण सङ्कलनको काम अझै जारी रहेकाले रुकुम पश्चिममा लाभग्राहीको सङ्ख्या साढे तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help