जोडिनुहोस
  • होमपेज
  • ‘कर्णालीले लोकतन्त्रको अनुभूति गर्न पाएन, सरकार फेरियो जनताको अनुहार फेरिएन’

‘कर्णालीले लोकतन्त्रको अनुभूति गर्न पाएन, सरकार फेरियो जनताको अनुहार फेरिएन’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कर्णालीलाई अझैपनि लोकतन्त्र, विकास र समृद्धिले छुन नसकेको बताएकी छन् । सरकारले यही वर्ष ल्याएको नीति तथा कार्यक्रम र बजेटले पनि कर्णालीलाई छुन नसकेको उनको भनाइ छ ।

सल्यानमा आयोजित पत्रकार भेटघाटमा नेता संग्रौलाले आफूहरुको कर्णाली यात्राले पार्टीभित्र नयाँ जीवन जरुरी रहेको पाएको उल्लेख गर्दै पार्टीभित्र अन्तरसंवाद, रुपान्तरण एवम सुद्धिकरण आवश्यक रहेको बताइन् ।

‘हामी कर्णाली यात्रामा हिड्दा यहाँका बासिन्दाले लोकतन्त्र र समृद्धिको अनुभूत गर्न नपाएको, कार्यकर्ताहरू अन्यायमा पर्नुभएको पायौँ,’ उनले भनिन् । कर्णाली यात्राका क्रममा कांग्रेस पार्टीप्रति जनताले ठूलो अपेक्षा रहेको बताएको उनले बताइन् । धेरै जनताको अपेक्षा सरकार र पार्टीले पूरा गर्न नसकेको उनको भनाइ थियो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आएको १७ वर्ष बित्यो । तर, कर्णालीले लोकतन्त्रको अनुभूति गर्न पाएन । विकास र समृद्धिले कर्णालीलाई जोड्न सकेन, सरकार फेरियो कर्णालीका जनताको अनुहार फेरिएन, समस्या फेरिएन र गरिवीको रेखामुनी रहेका जनतालाई कांग्रेसले हेर्नुपर्ने प्रस्ताव कर्णालीबासीले राख्नुभएको छ,’ उनले भनिन् ।

कांग्रेसले अन्य दलसँग गरेको गठबन्धनले धेरै कार्यकर्ताहरुलाई अन्याय भएको उनले बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका