जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पाँचौँ दिन पनि जारी रहने छ ।

गत बुधबार सुरु भएको बैठकमा शनिबारसम्म झन्डै दुई सयजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताले धारणा राखेका थिए ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका