जोडिनुहोस
  • होमपेज
  • सेनालाई ठेक्का र व्यापार दिनु गलत, महत्त्वाकांक्षा बढे संकट आउँछ : सांसद गुरुङ

सेनालाई ठेक्का र व्यापार दिनु गलत, महत्त्वाकांक्षा बढे संकट आउँछ : सांसद गुरुङ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टाको अधिकार दिइनु गलत भएको बताएका छन् । यसले राष्ट्रिय सुरक्षामा चुनौती थपिने उनले बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा बोल्दै उनले सेनामा महत्त्वाकांक्षा बढ्यो भने के हुन्छ भन्ने प्रश्न उठाए । “संवेदनशील संस्था नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिन्छौँ । यो कुरा सुरक्षाको हिसाबले कति जायज हो ?,” उनले भने, “अहिले सेनाले राम्रो गरिरहेको छ । ख्याल गर्नुपर्छ सेनामा महत्त्वाकांक्षा बढ्यो भने संकट पैदा हुन्छ । विश्वका अरु देशमा पनि देखेका छौँ ।”

उनले सेनाको अझै आधुनिकीकरण र पेसागत सक्षमता बढाउन ख्याल दिनुपर्ने बताए । सेनाको आन्तरिक जीवनमा लोकतन्त्र गणतन्त्र नआएको भन्दै उनले राष्ट्रिय सुुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाइ गतल भएको उनले बताए ।

बजेट एकदमै परम्परावादी भएको भन्दै उनले मन्त्रीले पोलिसी निर्माण र बजेट निर्माणमा कर्मचारीहरूमाथि हस्तक्षेप गर्न नसकेको उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकलाई दुई, चार हजार भत्ता दिएर नहुने भन्दै उनीहरूको सुरक्षाका लागि ऐन सुधारको आवश्यकता गुरुङले औंलाए । सांसद गुरुङले कानुन मन्त्रालयको बजेटले संसदीय व्यवस्था सुधार गर्न पर्याप्त नहुने धारणा राखे ।

धेरै टिप्पणी गरिएका