जोडिनुहोस
  • होमपेज
  • खच्चडका मालिकलाई क्षतिपूर्ति दिन सांसद रानाको माग

खच्चडका मालिकलाई क्षतिपूर्ति दिन सांसद रानाको माग

नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले कर्णालीको पुलमा फसेका खच्चडका मालिकलाई सरकारले क्षतिपूर्ति दिन माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद रानाले खच्चडका मालिकलाई सरकारले उचित क्षतिपूर्ति दिने व्यवस्था तत्काल गर्नुपर्ने बताएकी हुन्। त्यस्तै पुल जीर्ण भएकाले आवतजावत बन्द गरिएको र अछाम र दैलेखका झन्डै सय जना विद्यार्थी विद्यालयबाट बञ्चित भएको जानकारी गराइन्।

‘विद्यार्थी रोकिए भने कम्तिमा २० दिन विद्यालय बन्द राख्ने भनिएको छ। नजिकै अन्य पुलको व्यवस्था पनि छैन,’उनले भनिन्।पुल चाँडै नबने स्थानीहरू वाध्य भएर त्यही जीर्ण पूलमै हिँड्नसक्ने खतरा भएको पनि उनले बताइन्।

त्यसकारण पुलको यथाशीघ्र निर्माण गर्न सांसद रानाले आग्रह गरिन्।यो वर्ष चाँडै मनसुन भित्रने कुराले पनि थप चिन्तित बनाएको उनले बताइन्। अन्य पुलहरूको पनि प्राविधिक जाँच गर्न उनले सरकारसँग माग गरिन्।

धेरै टिप्पणी गरिएका