जोडिनुहोस
  • होमपेज
  • सरकारको सय दिनप्रति एमालेको प्रतिक्रिया; नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

सरकारको सय दिनप्रति एमालेको प्रतिक्रिया; नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका हुन् । बुधवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सरकारको सय दिनको कसरी मूल्याङ्कन गर्नु भएको छ भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताए । नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामर्थ्यका साथ सरकारले काम गर्नुपर्ने उनको भनाई थियो । प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठुलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताए । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उनले सीमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताए । प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका