जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घको चासो

अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घको चासो

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसन (युएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मंगलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ ।

‘युएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,’ मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिवान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुन व्याख्या गरेका छन् ।

जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरु भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिवान सरकारले कोर्रा प्रहार (कडा सजाय) गर्ने गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options