जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • विसं २०८२ का लागि थप चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

विसं २०८२ का लागि थप चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८२ सालका लागि थप चार वटा नयाँ पात्रोलाई स्वीकृति प्रदान गरेको छ। समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्न अनुमति दिएको हो।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिएअनुसार, गत वर्षसम्म समितिको स्वीकृतिमा १४ वटा पञ्चाङ्ग प्रकाशित भएका थिए। तर, विक्रम संवत् २०८१ मा स्वीकृति लिए पनि दिव्यपुरुष ढकालको तारकेश्वर पञ्चाङ्ग भने प्रकाशनमा आएन।

उनले थप जानकारी दिए कि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ र नारायणप्रसाद नेपालको गौरीशङ्कर पञ्चाङ्ग विगतदेखि नै समितिको स्वीकृति लिई प्रकाशन भइरहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो समितिलाई पञ्चाङ्ग र भित्तेपात्रो प्रकाशनको स्वीकृति दिने, चाडबाड एवं तिथिहरूको निर्णय गर्ने, र धर्म संस्कृतिको क्षेत्रलाई नियमन गर्ने अधिकार समितिको गठन आदेश, २०७७ ले प्रदान गरेको छ। सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी यो जिम्मेवारी सुम्पेको हो। यद्यपि, धर्म र संस्कृति क्षेत्रलाई नियमन गर्नका लागि छुट्टै विधेयकको मस्यौदा तयार गर्नुपर्ने माग पनि सम्बन्धित क्षेत्रका व्यक्तिहरूले गर्दै आएका छन्।