जोडिनुहोस
  • होमपेज
  • विपद् पूर्वतयारी सन्तोषजनक भएन : सांसद भट्टराई

विपद् पूर्वतयारी सन्तोषजनक भएन : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसमा परिरहेको बताए । विपद् प्राधिकरणलाई वार्षिक १८ करोड रूपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै उनले बजेट अत्यन्त न्यून रहेको बताए ।

उनले भने, ‘जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्नसक्छ ? हामीसँग दक्ष जनशक्ति छैन । आधुनिक साधनहरू छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन ।’

सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालमा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।

धेरै टिप्पणी गरिएका