जोडिनुहोस
  • होमपेज
  • १६ असारदेखि वित्तीय संस्थाविरुद्ध देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिको घोषणा

१६ असारदेखि वित्तीय संस्थाविरुद्ध देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिको घोषणा

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध गर्ने देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञावलीले लघुवित्त पीडितका माग १५ असारसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती, कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे ।

उनले यी माग सम्बोधन नभए १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिनसमेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए । समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका