जोडिनुहोस
  • होमपेज
  • आगलागीपीडितलाई राहत उपलब्ध गराउन सांसद यादवको माग

आगलागीपीडितलाई राहत उपलब्ध गराउन सांसद यादवको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले तराईका विभिन्न जिल्लामा भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले मधेशका महोत्तरी सप्तरी र सर्लाहीमा आगलागीका कारण २७७ घर परिवारमा क्षति पुगेको भन्दै तत्काल प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

उनले आगलागीका कारण दुई करोडभन्दा बढीको क्षति भएको र प्रभावितको बस्ने ठाँउ समेत नरहेकाले सरकारले आवश्यक राहतका साथै अन्य व्यवस्था गर्नुपर्ने बताए । सांसद यादवले यस वर्ष मनसुनका कारण अन्य वर्षमा भन्दा धेरै क्षति हुनसक्ने आकलन गरिएको भन्दै सरकारको तयारीबारे जानकारी माग गरे । उनले मनसुनजन्य विपद्बाट देशभर ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आकलन गरिएको अवस्थामा तयारी पनि त्यसैअनुरुप हुनुपर्ने जिकिर गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका