जोडिनुहोस
  • होमपेज
  • दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण शुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण शुरु

कञ्चनपुरमा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ । भारत सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा आउँदो आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण शुरु गर्ने लक्ष्यका साथ प्राविधिकहरूको टोली अध्ययन गर्न खटिएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताउनुभयो ।

उहाँले आकारमा पहिलेभन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दगाह निर्माण हुने बताउनुभयो । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह निर्माणलाई समावेश गरिएको उहाँको भनाइ छ । दोधारा चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा निर्माण प्रस्ताव भएर विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिको विषय मन्त्रिपरिषद्बाट निर्णय गराउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गएको जेठमा भएको भारत भ्रमणका क्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणगर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका