जोडिनुहोस
  • होमपेज
  • बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगायो

बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगायो

ताप्लेजुङमा गए राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार वटा ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक बन्द भएको छ ।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिनुभयो । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेबल पुल बाढीले बाढीले बगाएको हो । बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक बन्द भएको छ ।

सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।ताप्लेजुङमा धेरैजसो क्षेत्रमा हिजो रातभर वर्षा भएको थियो ।

धेरै टिप्पणी गरिएका