जोडिनुहोस
  • होमपेज
  • बागमती गन्हाएर हिड्न नसक्ने भो : सांसद कार्की

बागमती गन्हाएर हिड्न नसक्ने भो : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले काठमाडौं उपत्यकाको बागमती फोहोर भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले बागमती किनार भएर यात्रा गर्दा गाडीको सिसा लगाउने गरेको बताइन् । थापाथलीदेखि गाडीको सिसा बन्द गरेर कुपान्डोल पुगेर मात्रै खोल्ने गरेको उनले सुनाइन् ।

‘बागमती के भएको छ थाहा छ मन्त्री ज्यु ? खुला ढल भएको छ । यति गन्हाउँछ कि तपाईं आफैँ एकचोटी निरीक्षण गर्न जानुस्’ खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई उनको आग्रह छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका