जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • फक्तालुङ घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

फक्तालुङ घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । फक्तालुङमा पहिरोमा परी चारजनाको मृत्यु भएको थियो ।

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका छन् । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मानवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेकाे उनकाे सचिवालयले जनाएको छ । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका