जोडिनुहोस
  • होमपेज
  • मकवानपुरबाट एक सय किलो गाँजा बरामद

मकवानपुरबाट एक सय किलो गाँजा बरामद

मकवानपुर । मकवानपुरमा एक सय किलो लागूऔषध गाँजा बरामद भएको छ । शुक्रबार बिहान जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो । मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका