जोडिनुहोस
  • होमपेज
  • आजदेखि युरो–२०२४, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड भिड्ने

आजदेखि युरो–२०२४, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड भिड्ने

काठमाडौं । युरोपियन च्याम्पियनसिपको १७औँ संस्करण आज (शुक्रबार)देखि जर्मनीमा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज घरेलु टिम जर्मनी र स्कटल्यान्ड उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरू हुनेछ ।

आजदेखि जुलाई १४ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु जर्मनीका विभिन्न १० सहरका मैदानमा खेलाइनेछ । प्रतियोगिताका यस संस्करणमा कुल २४ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी ६ समूहमा विभाजित गरिएको छ ।

समूह चरणबाट शीर्ष दुई टिम सोझै प्रि–क्वार्टरफाइनल प्रवेश गर्नेछन् । यस्तै, बाँकी चार टिमले भने समूह चरणका उत्कृष्ट तेस्रो टिमको रूपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश पाउनेछन् । यसअघि कोभिड–१९ महामारीका कारण २०२१ मा आयोजना भएको प्रतियोगिताको उपाधि इटालीले जितेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका