जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा.तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई तेस्रो कार्यकालका लागि रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेश पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको थियो । जसमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा उपेन्द्र कोइराला र प्राडा पुष्कर बज्राचार्य थिए । समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो । रजिस्ट्रारका लागि ९ जनाले आवेदन दिएका थिए ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गरेका थिए । सोही आधारमा कुलपति प्रचण्डले शुक्रबार आचार्यलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । यसअघि उनी दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार बनिसकेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका