जोडिनुहोस
  • होमपेज
  • जितपछि ट्रम्पको घोषणा– अब कुनै युद्ध हुनेछैन

जितपछि ट्रम्पको घोषणा– अब कुनै युद्ध हुनेछैन

काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र युक्रेनलाई सङ्केत गर्दै अब युद्ध नहुने बताएका हुन्।

उनले भने, ’धन्यवाद अमेरिकी जनतालाई! यो अमेरिकी जनताको जित हो। म तपाईंको परिवार र भविष्यका लागि लड्नेछु। यो अमेरिकाको ‘स्वर्ण युग’ हो। यो अमेरिकी जनताका लागि ठूलो विजय हो र यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्नेछौँ। यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वाचन हो। हामी अमेरिकाको भविष्यका लागि सँगै काम गर्नेछौँ। जनताले हामीलाई धेरै राम्रो बहुमत दिएका छन्। मेरो जित देशका हरेक नागरिकको जित हो। सिनेटमा अकल्पनीय जित भएको छ। म अमेरिकाका लागि जे जति गर्न सक्छु त्यो गर्नेछु। यति ठूलो जितको अपेक्षा कसैले पनि गरेका थिएनन्। हाम्रो देशका सबै समस्याको समाधान हुनेछ। उपराष्ट्रपतिलाई पनि बधाई दिन चाहन्छु। अब हामी कुनै पनि युद्ध हुन दिनेछैनौँ। मैले देशको हरेक भागबाट समर्थन पाएको छु। अमेरिकामा घुसपैठ रोक्नेछौँ। हामी युद्ध अन्त्य गर्न चाहन्छौँ। मेरो हरेक क्षण अमेरिकाका लागि हो। हामीले जे वाचा गर्छौं त्यो पूरा गर्छौं। यो दिनलाई सम्पूर्ण अमेरिकाले सम्झनेछ। देशलाई उज्ज्वल भविष्यतर्फ लैजान्छौँ। विगत ४ वर्षमा हामीलाई कुन कुराले विभाजित गर्‍यो बिर्सनुहोस्। म एलन मस्कलाई बधाई दिन्छु अद्भुत व्यक्ति हुन्। जुलाई १३ मा ममाथि घातक हमला भयो‚ भगवान्ले मेरो जीवन बचाउनुभयो ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Signs of Enabling Behavior and How To Stop

छुटाउनु भयो कि?