जोडिनुहोस
  • होमपेज
  • नेकपा एसमा एक लाख पचास हजार सङ्गठित सदस्य

नेकपा एसमा एक लाख पचास हजार सङ्गठित सदस्य

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी  एकीकृत समाजवादीले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ । पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने बताएको छ ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन्भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको छ । यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दसौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दसौँ मानेको हो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका