जोडिनुहोस
  • होमपेज
  • भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै

अन्तर्राष्ट्रिय

भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै

भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै

काठमाडौं– भारत र अमेरिकी अधिकारीहरुले दुई मुलुकबीच रक्षा सहकार्य थप मजबुत बन्दै गएको बताएका छन् ।

दुई मुलुकका रक्षा अधिकारीहरुले हिन्द प्रशान्त क्षेत्रमा एक पछि अर्को सुरक्षा चुनौती बढिरहेको भन्दै रक्षा सहकार्यको महत्व पनि बढ्दै गएको जनाएका हुन् ।

भारतको बैङ्गलोरमा आयोजित रक्षा सम्मेलनमा भारतका लागि अमेरिकी रक्षा सहचारी रियर एडमिरल माइकल बेकरले विश्व शान्ति एवम् सुरक्षाका लागि भारत र अमेरिकाको साझेदारी महत्वपूर्ण हुने उल्लेख गरे ।

भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सका अनुसार भारतीय नौसैनिक अधिकारी रियर एडमिरल निर्भय बपनाले दुबै मुलुक हिन्द प्रशान्त क्षेत्रमा शान्ति एवम् समृद्धिको पक्षमा रहेको बताए ।

दुई मुलुकबीच पछिल्लो समय साइबर सुरक्षा, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा सहकार्य बढ्दै गएको पाइन्छ । त्यसबाहेक दुई मुलुकबीच संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य, सूचना आदान प्रदान, रणनीतिक वार्ताजस्ता परस्पर हितका क्षेत्रमा पनि साझेदारी बढ्दै गएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका