जोडिनुहोस
  • होमपेज
  • गाजामा आठ इजरायली सेनाको मृत्यु

अन्तर्राष्ट्रिय

गाजामा आठ इजरायली सेनाको मृत्यु

गाजामा आठ इजरायली सेनाको मृत्यु

गाजा । दक्षिणी गाजामा आठ इजरायली सेना मारिएको शनिबार इजरायल डिफेन्स फोर्सेज (आइडीएफ)ले जनाएको छ । यो घटना गएको अक्टोबर ७ पछिको सबैभन्दा घातक घटना भएको आइडीएफले जनाएको छ ।

आइडीएफले सो घटनाका बारेमा पुनरवलोकन भइरहेको जनाएको छ । प्रारम्भिक तथ्यअनुसार कन्भोइसँगै रहेको आर्मर्ड भेइकल जहाँ सेना थिए बिहान ५ बजेर १५ मिनेट जाँदा विस्फोटमा परेको थियो । उत्तर पश्चिम इलाकामा आतंककारी पूर्वाधारलाई लक्षित अपरेसनका क्रममा ताल अल सुल्तानमा सो घटना भएको हो ।

मृतकमध्ये एकजना क्याप्टेन वास्सेन मोहम्मद इन्जिनियरिङ बटालियनका डेपुटी कम्पनी कमान्डर भएको र अन्य सातजनाको अझै सनाखत बाँकी रहेको जनाइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले सो घटनामा गहिरो दुःख व्यक्त गरेका छन् । सीएनएन

प्रचलन खबर

धेरै टिप्पणी गरिएका