जोडिनुहोस
  • होमपेज
  • बालेनको आक्रोश : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस्

बालेनको आक्रोश : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभा सदस्यहरूलाई अनुरोध गरेका छन् ।

शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभा बैठक सदस्यहरूले बहिष्कार गरेपछि मेयर बालेनले यस्तो आक्रोश पोखेका हुन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले तीनजना नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् ।

“काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,” उनले लेखेका छन्, “नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका