जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण

काठमाडौँ उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौँ उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।

मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका