जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सार्वजनिक ऋणले पाँच वर्षमा मुलुक ध्वस्त हुने बाटोमा पुग्छ : सांसद घिमिरे

सार्वजनिक ऋणले पाँच वर्षमा मुलुक ध्वस्त हुने बाटोमा पुग्छ : सांसद घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सार्वजनिक ऋणले वित्तीय अवस्थामा मुलुक ध्वस्त हुने बाटोमा अग्रसर भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

चालु खर्च मुलुकले धान्न नसक्ने गरी अत्यधिक वृद्धि भएको उनले उल्लेख गरे । उनले मुलुकमा यही रूपमा चालु खर्च वृद्धि हुँदै जाँदा आउँदो पाँच वर्षसम्म पनि टिक्न नसक्ने अवस्था देखिएको बताए ।

वित्तीय व्यवस्थापन खर्च अत्यधिक बढेर २४ खर्ब रुपैयाँ सार्वजनिक ऋण पुगेको उनले सुनाए । आउँदो आर्थिक वर्षमा अर्थमन्त्री वर्षमान पुनले ६ खर्ब ऋण थप्ने गरी सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ पुर्‍याउन लागेको उनले बताए ।

उनले साँवाब्याज भुक्तानीलगायत वित्तीय व्यवस्थापन बढ्ने अवस्था देखिएकाले त्यो आधारमा खर्च थपिँदै जाँदा पाँच वर्षभन्दा बढी मुलुक चलाउन मुस्किल हुने टिप्पणी गरे ।

उनले सिन्धुलीको कमला नदी नियन्त्रणका नाममा राज्यको धन खेर फालिएको पनि बताए । कमला नदी नियन्त्रण कार्यालय र कर्मचारी राखेर राज्यको पैसा दुरुपयोग गर्ने कामबाहेक अरू केही नदेखिएको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका