जोडिनुहोस
  • होमपेज
  • संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : पाण्डे

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले तीन करोड रुपैयाँभन्दा मुनिका सबै योजना कार्यान्वयनका निम्ति प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे । कर्मचारीको वृत्तिविकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विधि तय गर्न पनि उनले आग्रह गरे ।

प्रमुख सचेतक पाण्डेले सिँचाइ प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका