जोडिनुहोस
  • होमपेज
  • विश्वविद्यालय बनाउन १ लाख छुट्याएर शिक्षा मन्त्रीले योगमायाको अपमान गरे: कार्की

विश्वविद्यालय बनाउन १ लाख छुट्याएर शिक्षा मन्त्रीले योगमायाको अपमान गरे: कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले योगमाया विश्वविद्यालयका लागि १ लाख रूपैयाँमात्रै विनियोजन गरेर सरकार र शिक्षा मन्त्रीले योगमायाको अपमान गरेको बताएकी छन्।

आइतबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद कार्कीले योगमाया विश्वविद्यालयका लागि विनियोजन गरेको बजेट योगमायामाथि र सिंगो इतितहासको अपमान भएको बताइन्।

सांसदहरूलाई कम्तिमा १ करोड रूपैयाँँको बजेट माग गरेन भनिएको पनि उनले बताइन्। ‘कम भयो भने ७५ लाखसम्मका हाल्नु भनेर सिलिङ तोकिएको थियो। शिक्षा मन्त्रालयमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्नका लागि रू १ लाख रूपैयाँ छुट्याएको छ,’ उनले भनिन्, ‘यो त इतिहासको अपमान भयो। योगमायाको अपमान भयो।’

उनले योगमायाको देन र त्यागबारे पढ्नका लागि पनि शिक्षामन्त्रीलाई आग्रह गरिन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका