जोडिनुहोस
  • होमपेज
  • कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं– काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङ रोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङ रोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले जनाएका छन् । काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवसायीहरुले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागीहरूले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका