जोडिनुहोस
  • होमपेज
  • बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्यौँ : मन्त्री मगर

बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्यौँ : मन्त्री मगर

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर राना मगरले प्रदेशको बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको बजेट ब्रिफिङ कार्यक्रममा मन्त्री रानामगरले आगामी आर्थिक वर्षमा संघिय सरकारले दिने अनुदान घटेको र आन्तरिक आय स्रोत समेत घटेकाले चालू आर्थिक वर्षभन्दा करिब ४ प्रतिशत घटीको बजेट ल्याएको जानकारी दिए ।

बहुवषीर्य योजनाका कारण भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन भएको बताउँदै सुशासन र सेवा प्रवाहलाई पनि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य जस्तै प्राथमिकतामा नै राखिएको उनले बताए । उनले आगामी आर्थिक वर्ष०८१/८२ को बजेट यथार्थमा आधारित भएकाले पूर्ण कार्यान्वयनमा जाने दाबी गरे ।

उनले प्रदेश सांसदहरूलाई योजना छनौट गर्न दिइएको र प्रत्यक्ष तर्फका सांसदलाई १ करोड र समानुपातिक सांसदहरूले ५० लाख सम्मका योजनाहरू छुट्याइएको जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुने अनुदान १० प्रतिशतले कमी भए पनि स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम भने बढाएको उनको भनाइ छ । कोशी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष ८१/८२ का लागि ३५ अरब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका