जोडिनुहोस
  • होमपेज
  • ६ किलो सुनसहित एकजना पक्राउ

६ किलो सुनसहित एकजना  पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘काठमाडौंबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका