जोडिनुहोस
  • होमपेज
  • बालेन शाह ब्राजिल प्रस्थान

बालेन शाह ब्राजिल प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेको सचिवालयले जनाएको छ ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य पनि हुन् । प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका