जोडिनुहोस
  • होमपेज
  • ‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ

‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ

काठमाडौं– फिल्म ‘एक्टर’का लागि नेपाल आएका नायक राजबल्लभ कोइराला अमेरिका फर्किएका छन् । उनी फिल्ममा आफ्नो अंशको काम सकेर आइतबार साँझ अमेरिका उडेका हुन् ।

फिल्मका निर्देशक राजन भुसालका अनुसार निर्माण टिमले कोइरालालाई काम सकिएपछि शनिबार नै बिदा गरेको हो ।

उनी भन्छन्, ‘सम्भवतः उहाँ फिल्मको प्रिमियर र प्रचारका लागि आउनुहुन्छ ।’ अभिनेता कोइरालाले अमेरिका जान दोहा ट्रान्जिटमा रहेको सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका थिए । उनले यो पटकको नेपाल बसाइँ विशेष रहेकोसमेत उल्लेख गरेका छन् ।

सक्रिय कलाकारिता छोडेर उनी अमेरिकामा बस्दै आएका छन् । उनले ११ वर्षपछि एक्टरबाट फिल्ममा पुनरागमन गर्दैछन् । यसको प्रदर्शन मिति कार्तिक १५ गतेलाई तोकिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका