जोडिनुहोस
  • होमपेज
  • चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

काठमाडौं– आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताएका छन् । नियमित पत्रकार भेटघाटमा उनले भने, ‘यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।’

गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो । शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पुर्‍याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ ।’

गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधिको पनि आलोचना गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका