जोडिनुहोस
  • होमपेज
  • क्रसर व्यवसायीले गरे विरोध प्रदर्शन

क्रसर व्यवसायीले गरे विरोध प्रदर्शन

काठमाडौं । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले दूरीसम्बन्धी मापदण्ड, २०७७ अव्यावहारिक भएकाले खारेज र ०७९ माघ ११ गते मन्त्रिपरिषद्ले गरेको ढुंगागिट्टीसम्बन्धी निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणका निम्ति ‘अल्टिमेटम’ दिइएको र माग सुनुवाइ नभएकाले सडक आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए । सरकारले आफूहरूलाई कानुनी अधिकारबाट वञ्चित गरेको उनले आरोप लगाए । सरकारले क्रसर उद्योगीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने व्यवसायीले जनाएका छन् । हिमालयन टेली भ्वाइस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका