जोडिनुहोस
  • होमपेज
  • अपहरणमा परेकी पाकिस्तानी हिन्दु बालिका नभेटिएको भन्दै लण्डनमा प्रदर्शन

अपहरणमा परेकी पाकिस्तानी हिन्दु बालिका नभेटिएको भन्दै लण्डनमा प्रदर्शन

काठमाडौं– पाकिस्तानमा एक हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको लण्डनमा प्रदर्शन भएको छ ।

तीन वर्षअघि पाकिस्तानको सिन्ध प्रान्तमा रहेको सुक्कुर सहर नजिकैबाट प्रिया कुमारी नाम गरेकी ७ वर्षीया हिन्दु बालिकाको अपहरण भएको थियो ।

उनको अपहरण भएको लामो समयसम्म पनि खोजीकार्य नभएको भन्दै सिन्धी फाउण्डेसनले बेलायतको राजधानी लण्डनमा प्रदर्शनको आयोजना गरेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीले बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटदेखि पाकिस्तानी उच्च आयोगसम्म प्रदर्शन गरेका थिए ।

सिन्धी फाउण्डेसनले पाकिस्तानमा मानव अधिकारको पक्षमा प्रदर्शनलगायतका कार्यक्रम गर्दै आएको छ । बहुसङ्ख्यक मुसलमान जनसङ्ख्या रहेको पाकिस्तानमा हिन्दु, इसाई एवम् अन्य अल्पसङ्ख्यकमाथि ज्यादतीका घटना बढ्दै गएको बताइन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका