जोडिनुहोस
  • होमपेज
  • विश्वप्रकाश शर्माको माग : अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटियोस्

विश्वप्रकाश शर्माको माग : अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटियोस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई आग्रह गरेका छन् । उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण पनि गराए ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका महामन्त्री शर्माले सरकारले ऐन कार्यान्वयन गर्ने भने पनि आगामी वर्षको बजेटमा किन रकम व्यवस्था नगरेको भन्दै प्रश्न गरे ।

सामाजिक सुरक्षा ऐनको प्रावधानमै असंगठित क्षेत्रको श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्ने भनिएको छ । प्रावधानले श्रमिकको हालको ज्याला १७ हजार तीन सयमध्ये कोषमा श्रमिकले २२०४ रुपैयाँ जम्मा गर्नुपर्ने, सोमध्ये सरकारले एक हजार १४ रुपैयाँ योगदान गर्नुपर्छ र श्रमिकले ११ सय ९० रुपैयाँ जम्मा गर्नुपर्छ । तर, त्यसका लागि सरकारले रकम जम्मा नगरेकोमा सांसद शर्माले ध्यानाकर्षण गराए ।

‘अर्थमन्त्रीले ल्याएको बजेटको म प्रशंसा गर्छु । त्यसमा सरकारले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने भनेको छ । तर, म गम्भीररूपमा प्रश्न पनि उठाउन चाहन्छु । आबद्ध गर्ने पनि भन्नुभएको छ । तर, सरकारले जम्मा गरिदिनुपर्ने १०१४ रुपैयाँको योगदानका लागि नै पैसा छुट्याइएको छैन,’ सांसद शर्माले भने ।

सुर्खेतको विरेन्द्रनगरमा हालै मात्र इनार खन्ने क्रममा दुई युवाले मृत्युवरण गर्न पुगेको नागरिकको असुरक्षाको यथार्थ बताउँदै उनले अनौपचारिक क्षेत्रमा काम गर्ने हरेक श्रमिकको आयको, जीवनभर काममा समेत असुरक्षा रहेको र अलपत्र अवस्थामा अनौपचारिक क्षेत्रका श्रमिक पर्ने गरेको उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका