जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा भारी वर्षा र पहिरोमा परी १३ जनाको मृत्यु

अमेरिकामा भारी वर्षा र पहिरोमा परी १३ जनाको मृत्यु

काठमाडौं– मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले बताए ।  यसअघि गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरू खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो ।

शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए । आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालीन अवस्थालाई अनुमोदन गर्यो । राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मंगलबार संघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वान गरे । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए । इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख्या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो।

धेरै टिप्पणी गरिएका