जोडिनुहोस
  • होमपेज
  • भारतसँग वार्ता गरेर लक्षमणपुर बाँध खुलै राख्न माग

भारतसँग वार्ता गरेर लक्षमणपुर बाँध खुलै राख्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवनलशमशेर राणाले यो वर्षको वर्षायाममा अत्यधिक वर्षा हुने पूर्वानुमान भएकाले बाँकेको डडुवाका जनतालाई बचाउन लक्ष्मणपुर बाँधका ढोका खोल्न पहल गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राणाले ‘लक्ष्मणपुर बाँध ६ मिटर अग्लो छ । वर्षायाममा डडुवा गाउँ चुर्लुम्म डुब्छ । र, आर्मीले डुङ्गा लगेर मानिस बचाउनुपर्ने स्थिति बन्छ’, उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘यो वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान छ । यो समस्याबाट मुक्त हुन भारतसँग कूटनीतिक वार्ता गरेर लक्ष्मणपुर बाँध खुलै राख्नुपर्‍यो ।’

उनले राप्ती खोलामा केही वर्षअघि भारत सरकारले डीपीआर गरेर तटबन्ध लगाउने कुरा सुनिश्चित भएको भन्दै त्यो कुरा कहाँ हरायो भनेर खोजी गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘र यो वर्षायाममा लक्ष्मणपुर बाँधका ढोकाहरू खुलै राख्न भारतसँग यो सरकारले माग गर्नुपर्‍यो ।’ वर्षायाममा भारतीय पक्षले बाँधका ढोका बन्द गर्दा नेपालतर्फ डुबान हुने गर्छ ।

धेरै टिप्पणी गरिएका