जोडिनुहोस
  • होमपेज
  • राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् । उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका छन् । उनले भने, ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए । उनले सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उनले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताए ।

उनले भने, ‘बजेट बनाउँदा सरकारमा भएका मन्त्रीहरूले आफूखुसी गरे ।’ आठ ९ वटा चरण पार गरेपछि योजना पास गरेको सम्झँदै अहिले बजेट मन्त्रीको गोजीबाट आउने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका